राजतन्त्रका नाममा मूल्यवान समय खेर नफालौँ : महासचिव पोखरेल

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Let's not waste valuable time in the name of monarchy: General Secretary Pokharel

काठमाडौँ — एमाले महासचिव शङ्कर पोखरेलले जनआन्दोलनबाट विस्थापित राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर फाल्न नहुने बताएका छन् ।

उनले राजावादी गतिविधितिर सङ्केत गर्दै फेसबुकमा भनेका छन्, 'गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं ।'

कान्तिपुर

Link copied successfully