म फेरि प्रधानमन्त्री बन्दैछु, त्यसैले बलियो नेपालको सपना देखेको छु : देउवा

फाल्गुन २३, २०८१

सन्तोष सिंह

I am becoming the prime minister again, so I have dreamed of a strong Nepal: Deuba

धनुषा — कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् । महोत्तरीको मनराशिश्वामा शुक्रबार आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् ।

'अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ । त्यसकारण दुइटा पार्टी मिलेर सरकार बनेको छ । अहिले ओलीजी हुनुहुन्छ । पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो । म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु,' उनले भने । 

खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउनेसमेत देउवाको दाबी छ । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully