पूर्वसांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश 

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Former MP Pramod Shah enters Maoist center

काठमाडौँ — जसपाका नेपालका नेता एवं पूर्वसांसद प्रमोद साह नेकपा माओवादीमा प्रवेश गरेका छन् । 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् । 

नेता साहलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी भएकाले आफूले यही दल रोजेको उनले बताए । उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully