बुद्ध एयर पांग्रा प्रकरण : जाँचबुझ आयोग गठन गर्न माग

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Buddha Air Pangra case: Demand for formation of commission of inquiry

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज एउटा पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेकोबारे जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् ।

बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ । उक्त जहाजमा ६२ यात्रु थिए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद सिंहले यस्तो माग गरेका हुन् । 

उनले भने, ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो । र काठमाडौंमा एउटा पाङ्ग्रमा मात्रै ल्याण्ड गर्‍यो । यसको विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’

फरक प्रसंगमा बोल्दै उनले नेपाललाई समृद्धिको लागि धार्मिक तीर्थस्थलको प्रचारप्रसार गरी पयर्टक भित्र्याउनुपर्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully