काठमाडौँ — प्रहरी नायब महानिरीक्षक(डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेको हो ।
हाल कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख रहेका भट्टराईलाई फागुन ११ गते बसेको बढुवा समितिले एआईजीमा सिफारिस गरेको थियो ।
एआईजीमा बढुवा भएका भट्टराईको कार्यकाल आगामी चैत ५ मै सकिनेछ । एआईजी रवीन्द्र केसीले माघ २७ मा राजीनामा दिएपछि भट्टराई एआईजी बनाइएको हो । केसी र भट्टराई दुवै प्रहरी महानिरीक्षक वसन्त कुँवरका ब्याची हुन् ।
