गौरी मल्ललाई मातृशोक

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Condolences to Gauri Malla

काठमाडौँ — अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । मुटुमा समस्या भई गंगालाल अस्पताल पुर्‍याइएकी हेमाकुमारी मल्लको निधन  बुधबार दिउँसो २:१५ मा भएको हो ।

हेम ८८ वर्षकी थिइन् । 

हेमाको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गर्ने कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । हेमालाई श्रद्धाञ्जली दिन यतिखेर आर्यघाटमा कलाकार भेला भएका छन् । गौरी हेमाको जेठी सन्तान हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully