६ जिल्लाका सीडीओ फेरिए

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

CDOs of 6 districts changed

काठमाडौँ — गृह मन्त्रालयले सात सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबार मन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृहमन्त्रालय तानेर नुवाकोटसहित ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोकेको हो ।

जसअनुसार लामो समयदेखि रिक्त रहेका ओखलढुंगा र खोटाङले पनि सीडीओ पाएका छन् । 

ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ भने खोटाङमा नरहरि घिमिरेलाई खटाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीको पदस्थापन भएको छ । 

त्यस्तै, रौतहटको सीडीओमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेल र नुवाकोटको सीडीओमा शशीधर घिमिरेलाई पठाइएको छ । CDOs of 6 districts changed

कान्तिपुर

Link copied successfully