काठमाडौँ — कान्तिपुरकर्मी सीमा तामाङ सम्मानित भएकी छन् । जेसीआई काठमाडौं लेडीद्वारा आयोजित १ सय १५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तामाङलाई 'नारी सम्मान कार्यक्रम'बाट सम्मान गरिएको हो ।
समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत उठाउँदै आएकी तामाङलाई बुधबार जेसीआई कार्यलयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
उनीसहित एभियसन क्षेत्रकी महेश्वरी डंगोल, चिकित्सक पेसाबाट डा. रुपा झा, कलाकार गोमा केसी, खेलकुद जगतकी लक्ष्मीकुमारी श्रेष्ठ, व्यवसायी इन्दिरा सापकोटा सम्मानित भए ।
