जापान र क्यानडासहित ६ देशबाट ११ नेपाली फिर्ता

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

11 Nepalis returned from 6 countries including Japan and Canada

काठमाडौँ — अमेरिकाबाहेकका ६ देशबाट डिपोर्ट र प्रवेश निषेध गरेका ११ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार जापानले २ जना र दक्षिण कोरिया, श्रीलंका र क्यानडाबाट ३ जना नेपालीलाई  डिपोर्ट गरिएको हो ।

बाज्रिल पुगेका ३ जना र अजरवैजान पुगेका ३ जना गरी ६ जनालाई ‘इन्ट्री रिफ्युज’ (प्रवेश निषेध) गरी पठाएको छ ।

कान्तिपुर

Link copied successfully