परासी — पश्चिम नवलपरासीमा अदालतले दोषी ठहर गरेको ३२ वर्षपछि एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
२०४९ भदौ १८ गते डाँका मुद्दामा जिल्ला अदालत परासीबाट ५ वर्ष २ महिना २५ दिन कैद र २ हजार ९ सय ७ रुपैयाँ जरिवाना तोकिएका व्यक्ति सोमबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार पक्राउ पर्नेमा सुनवल नगरपालिका १३ का रामबहादुर गुरुङ रहेका छन् । गुरुङलाई कैद भुक्तानका लागि अदालतमा पेस गरेपछि अदालतले जिल्ला कारागार चलान गरेको छ ।
