साउन १ गतेदेखि प्रदेश सरकारले नै लाइसेन्स छाप्छ : मन्त्री दाहाल

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

From July 1, the state government will print the license itself: Minister Dahal

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले मेसिन किनेर कार्ड बनाउने कि कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताए । 

बागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि सुरु गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ । आगामी कात्तिक-मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने उनले बताए । अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully