काठमाडौँ — पूर्णबहादुर नेपाली श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा पूर्णबहादुर नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा गत मंसिरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ का पूर्णबहादुर नेपालीलाई श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन् ।
