अपांगता भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

फाल्गुन १९, २०८१

वीरेन्द्र केसी

One person was arrested for raping a disabled girl

अर्घाखाँची — घरमा काम गर्न राखेकी २६ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सन्धिखर्क नगरपालिकाका ६३ वर्षीय एक पुरुषलाई प्रहरीले आइतबार सन्धिखर्कबाट पक्राउ गरेको हो । 

घरमा काम गर्न राखेकी ‘क’ वर्गमा पर्ने युवतीलाई बारम्बार जबरजस्ती करणी गरेको उनीमाथि आरोप छ । पीडित युवती बोल्न नसक्ने छिन् । पुरुषले जबरजस्ती करणी गरेको भन्दै आफन्तले गत जेठ ३२ गते प्रहरीमा जोहरी दिएका थिए । त्यसपछि उनी फरार थिए । 

फरार रहेका ती पुरुष भारतको लखनउबाट घर आउँदै गर्दा सन्धिखर्क बसपार्कबाट पक्राउ परेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगन्नाथ मरासीनिले बताए । उनलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

वीरेन्द्र

Link copied successfully