पूर्वयुवराज पारस अस्वस्थ, नर्भिकमा उपचार हुँदै

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Former Prince Paras unwell, undergoing treatment at Narvik

काठमाडौँ — पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शरीरमा असहज महसुस भएपछि आइतबार बेलुका उनलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा उनलाई हृदयाघात भएको यकिन भएपछि हिजो बेलुकै 'एन्जियोप्लास्टी' गरिएको अस्पतालका एक चिकित्सकले बताए ।

अहिले शाहको अवस्था स्थिर छ ।

कान्तिपुर

Link copied successfully