आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न देउवाको निर्देशन

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Deuba's instructions to prepare to become the biggest party in the country in the upcoming elections

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्न सक्ने बताए ।

सभापति देउवाले पहिलाको भन्दा ठूलो पार्टी बन्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । नेताहरुबीचका मतभेद छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताउँदै उनले भने, 'हाम्रो बीचमा अनेक किसिमका मतभेद हुन सक्छन् । आपसमा छलफल गरेर टुंग्याउनुपर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनुपर्छ ।'

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको पनि बताए ।

कान्तिपुर

Link copied successfully