फोटो पत्रकार प्रधानलाई मातृशोक

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Condolences to photojournalist Pradhan

काठमाडौँ —  कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटो पत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ ।

प्रधानकी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा शनिबार निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत लक्ष्मी शनिबार दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनका ३ छोरा र एक छोरी छन् ।

कान्तिपुर

Link copied successfully