प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Awarded the Badge by the Commander-in-Chief

काठमाडौँ — प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका  कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त गरिएको थियो ।

सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully