पार्टीमा रोग लाग्यो अनि उपचार खोज्न जनतामा आयौँ : अध्यक्ष दाहाल

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

We fell ill in the party and came to the people to seek treatment: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुराना पार्टीको रोगमा आफ्नो पार्टीमा पनि लागेको बताएका छन् । 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'अन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले पुराना दलको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएको बताएका हुन् ।

उक्त रोगको उपचार खोज्न माओवादी अहिले जनताबीचमा गएको पनि उनको भनाइ छ । 

माओवादीप्रति विश्वास गरेका लाखौं  जनताको विश्वास कायम राख्न नसक्नु पार्टीको कमजोरी भएको पनि अध्यक्ष दाहालले बताए । आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको उनको भनाइ छ ।

We fell ill in the party and came to the people to seek treatment: President Dahalहुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको पनि उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully