एमाले सचिवालय बैठक सुरु

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

UML secretariat meeting begins

काठमाडौँ — सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसोबाट बैठक सुरु भएको हो ।

बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिका बारेमा पनि छलफल हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully