पाथीभरा केबलकार विवादमा सरकार शान्तिपूर्ण समाधान चाहन्छ : गृहमन्त्री लेखक

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Govt wants peaceful solution to Pathibhara cable car dispute: Home Minister Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन् । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री लेखकले केबलकार निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटक पटक वार्ता गरेको समेत बताएका हुन् । 

‘ताप्लेजुङको पाभिरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ,’ गृहमन्त्री लेखकले भने । आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully