काठमाडौँ — हत्या आरोपित भारतीय नागरिक गुड्डु पटेललाई प्रहरीले गोली हानेर काठमाडौंको गोठाटारबाट पक्राउ गरेको छ ।
करिब डेढ वर्षअघि गोठाटारमै गोली प्रहारबाट हत्या गरिएका लाल मोहम्मद प्रकरणमा उनी मुख्य रुपमा संलग्न रहेको प्रहरीले जनाएको छ । मोहम्मद घटनामा ९ जना संलग्न थिए । पटेल 'सार्प सुटर' रहेको प्रहरीको भनाइ छ ।
पटेललाई घुँडामुनि गोली हानी नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।
