राष्ट्रिय सभा सदस्यको समिति हेरफेर

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Committee manipulation of National Assembly members

काठमाडौँ — राष्ट्रिय सभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ । सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिए । 

यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ ।  समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।

कान्तिपुर

Link copied successfully