नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप : १२ जना प्रदर्शनकारी नियन्त्रणमा

झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Clash between Swargadwari Guthipidi and police in Naya Baneshwar: 12 protestors under arrest

काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । आइतबार  ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले  गरेको प्रदर्शनमा झडप भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहरा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

एसपी बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । 

त्यस्तै प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ५ महिला र ७ पुरुष रहेको एसपी बोहराले बताए । 

दाङको स्वर्गद्वारी गुठीका मोही किसान लालपुर्जा माग्दै गत माघ २० गतेदेखि  काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका छन् । 

कान्तिपुर

Link copied successfully