नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Nepal's first female judge Shrestha passed away

काठमाडौँ — नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि उपचाररत थिइन् ।

सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश हुन् । सर्वोच्चमा श्रेष्ठ २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत थिइन् । उनी अधिकृतदेखि नै न्यायक्षेत्रमा कार्यरत थिइन् ।

श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।

कान्तिपुर

Link copied successfully