काठमाडौँ — स्वर्गद्वारी गुठीपीडितको जारी आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । संसद् भवन जाने उनीहरुको कार्यक्रममा प्रहरीले अवरोध गरेको हो । गुठीपीडित २४ दिनदेखि माइतीघरमा धर्नामा छन् । विभिन्न चरणको विरोध कार्यक्रम गरिरहेका उनीहरु आज संसद् भवन जाने तयारीमा थिए । माइतीघरबाट बानेश्वरसम्म पुगेपछि प्रहरीले उनीहरुलाई रोकेको हो ।
दाङका १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवार स्वर्गद्वारी गुठीका मोही छन् । तिनले १ हजार ५० बिघा जमिन जोतिरहेका छन् । तर त्यस जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीका नाममा छ । आफूले जोतभोग गरेको, पसिना बगाएको जग्गाको स्वामित्व आफ्नै हुनुपर्छ भनेर ती किसान दशकौंदेखि आन्दोलनमा छन् ।
उनीहरूसँग मोहियानी पुर्जा छ । तर, त्यो पुर्जा २०६२ चैत १४ मा सर्वोच्च अदालतको परमादेशबाट खारेज गरेपछि उनीहरू थप आक्रोशित छन् । सर्वोच्चले ‘स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने’ आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि किसान मोहीपुर्जाको प्रमाण बोकेर न्याय मागिरहेका छन् ।
![Swargadwari Guthipidi's movement obstructed by police [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2-2522025011221-1000x0.gif&w=1001&h=0)
![Swargadwari Guthipidi's movement obstructed by police [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/8-2522025011405-1000x0.gif&w=1001&h=0)
![Swargadwari Guthipidi's movement obstructed by police [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/7-2522025011352-1000x0.gif&w=1001&h=0)