नेपाली सेनाको महासेनानी र सहायक रथी पदमा एक/एक जना बढुवा

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

One/one promotion to the post of General and Assistant Rathi of Nepali Army

काठमाडौँ — सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको हो ।

साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गरेको छ ।

सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गरेको छ । 

कान्तिपुर

Link copied successfully