काम रोक्ने सर्तसहित 'नो केबलकार समूह'लाई सरकारले फेरि बोलायो वार्तामा

फाल्गुन १२, २०८१

आनन्द गौतम

The government again invited the 'No Cable Car Group' to the talks with the condition of stopping the work

ताप्लेजुङ — 'पाथीभरा मुकुम्लुङ'  क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत समूहलाई सरकारले फेरि वार्ताका लागि बोलाएको छ । सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित फेरि वार्ताका लागि बोलाएको हो ।

वार्ता टोलीका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधा गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादको लागि आउन हार्दिक अपिल गर्दछु ।'

यसअघि पनि सरकारी वार्ता टोलीले यस्तै प्रकृतिको वार्ताका लागि आह्वान गरेको थियो । 'नो केबलकार समूह' ले गृहसचिवस्तरको वार्ता टोलीले आफूहरूको माग सम्बोधन गर्न नसक्ने बताउँदै आएका छन् । सरकारले मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

The government again invited the 'No Cable Car Group' to the talks with the condition of stopping the work

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully