कांग्रेसको स्थानीय तह समन्वय विभागमा दस सदस्य थपिए

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Ten members were added to the local level coordination department of the Congress

काठमाडौँ — कांग्रेसको स्थानीय तह समन्वय विभागमा दस सदस्य मनोनयन गरिएको छ ।  सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा आज दश सदस्य मनोनयन गरेका हुन् । 

मनोनीत सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully