पोप फ्रान्सिसको अवस्था गम्भिर

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Pope Francis is in serious condition

काठमाडौँ — पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । भ्याटिकनले आइतबार एक बयानमा पोपलाई हाल अक्सिजन थेरापी दिइरहेको जनाएको छ ।

भ्याटिकनको बयानअनुसार रगत जाँचमा मुटुसँग सम्बन्धित समस्या पाइएको छ । यसबाहेक जाँचमा मिर्गौलासँग सम्बन्धित समस्या पनि देखिएको छ । 

आइतबार पोप फ्रान्सिसको थ्रोम्बोकाइटोपेनियाको हालत स्थित पाइएको छ । यो रोग लागेको अवस्थामा रगतमा प्लेटलेट्सको मात्रा निकै कम हुन्छ । 

यसअघि आइतबार बिहान पोपले एक बयान जारी गर्दै क्याथोलिक ईसाईहरुलाई परम्परागत प्रार्थना गर्न भनेका थिए । केही दिनदेखि श्वासप्रश्वासमा समस्या भएपछि १४ फेब्रुअरीमा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनी निमोनियाबाट पीडित रहेको पाइएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully