पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत् समाधान गर्न सांसद झाको आग्रह

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

MP Jha's request to resolve the dispute in Pathibhara cable car construction through negotiation

काठमाडौँ — सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइन् । 

उनले स्थानीयलाई दमन गरेर नभइ सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताइन् । सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गरिन् । 

सांसद झाले मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड दिइन्  ।

कान्तिपुर

Link copied successfully