पूर्वराजाको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्था ठिक छैन भन्दै डंका पिटियो : कांग्रेस सांसद न्यौपाने

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

The former king's statement was criticized for saying that the current system is not right: Congress MP Neupane

काठमाडौँ — कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरूले नै समाजमा अराजकता फैलाइरहेको बताएकी हुन् । 

‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरु छताछुल्ल भए । यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए । जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए विडम्बना उनैले संविधानको भावनाविपरीत लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२/०६३ को जन आन्दोलन र गणतन्त्रका लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु,’ उनले भनिन् । 

लोकतन्त्रमा बोल्न पाइए पनि समाजलाई अराजकतातिर धकेल्ने  छुट कसैलाई पनि नभएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully