कांग्रेस सांसद मिश्र भन्छन् : अहिलेका प्रधानमन्त्रीले राम्रो काम गरेका छन् 

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Congress MP Mishra says: The current Prime Minister has done a good job

काठमाडौँ — राष्ट्रिय सभामा कांग्रेस सांसद नारायणदत्त मिश्रले सरकार बन्नु नै हुँदैन भन्नेहरूले सरकारको विरोध गरिरहेको बताएका छन् ।  आइतबार राष्ट्रिय सभाको बैठकमा उनले सरकार धेरै समय टिक्न नदिने र देशमा अस्थिरता चाहनेहरूले सरकारको विरोध गरिरहेको बताएका हुन् ।

'अहिलेका प्रधानमन्त्रीले राम्रो काम गरेका छन्, मन्त्रीले राम्रो काम गरेका छन् । यति राम्रो कामले पुगेको छ कि छैन ? राम्रो कामको रफ्तार बढाउने हो कि ? राम्रो काम अझ राम्रो गराउने कि ? राम्रो कामको हिसाव अलि कम भयो कि । आजसम्म भएका मन्त्रीमण्डलभन्दा काममा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीमण्डल बनाएर देखाउनुस्,’उनले भने । 

कान्तिपुर

Link copied successfully