ओली कहिल्यै सुध्रिएनन्, नयाँ सिकेनन् र पुराना बिर्सिएनन् : सांसद साह

फाल्गुन १०, २०८१

शिव पुरी

Oli never improved, never learned new things and never forgot the old ones: MP Sah

रौतहट — आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको औचित्य समाप्त भएको जिकिर गरेका छन् ।

रौतहटको राजपुर नगरपालिकामा आजपाद्वारा शनिबार आयोजित नगर भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकार आफैले ल्याएको अध्यादेश पारित हुन नसकेकाले सरकारको औचित्य सकिएको दाबी गरेका हुन् । कांग्रेसको बुई चढेर प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ देखाएको उनले आरोप लगाए । 

उनले संविधान, संसद् र सडक सबैको साख प्रधानमन्त्री ओलीले स्वाहा पारेको समेत आरोप लगाए ।  

प्रतिनिधिसभा सांसद समेत रहेका साहले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । ‘नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको कुरा बाहिरिएको छ, किन यो अवस्था आयो,‘उनले भने,‘ओली कहिल्यै सुध्रिएनन्, यिनले केही नयाँ सिकेनन् र पूराना केही बिर्सिएनन् ।’

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully