काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स्को ३२ औं वार्षिकोत्सवका अवसरमा प्रेस तथा वितरण विभागका कर्मचारी पुरस्कृत भएका छन् । प्रेस सहायकका रूपमा कार्यरत हरिनारायण साहले ‘इम्प्लोई अफ द इयर’ पुरस्कार पाएका छन् ।
वितरण विभागअन्तर्गत कार्यरत १२ जनालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । सुरेश अधिकारी, मानबहादुर तामाङ, रोशन राजथला, दीपक पौडेल, सुरज केसी, अश्विन केसी, राजकुमार चौधरी, राजकुमार केसी, लक्ष्मी सुवाल, शंकरलाल चौधरी र रामछविला यादवले प्रोत्साहन पुरस्कार पाएका हुन् ।
प्रेसबाट शान्तराम चौधरीले प्रोत्साहन पुरस्कार पाएका छन् । उनीहरूलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले शुक्रबार पुरस्कार प्रदान गरेका थिए ।
कुन पुरस्कार कसलाई ?
इम्प्लोई अफ द इयर
हरिनारायण साह
प्रोत्साहन पुरस्कार
सुरेश अधिकारी
मानबहादुर तामाङ
रोशन राजथला
दीपक पौडेल
सुरज केसी
अश्विन केसी
राजकुमार चौधरी
राजकुमार केसी
लक्ष्मी सुवाल
शंकरलाल चौधरी
रामछविला यादव
शान्तराम चौधरी
