ओडिसाबाट नेपाली विद्यार्थी फर्कने क्रम जारी, काँकरभिट्टा हुँदै २० जना गन्तव्यतर्फ लागे

फाल्गुन १०, २०८१

रासस

Return of Nepali students from Odisha continues, 20 people left for their destination through Kankarvitta

बनियानी (झापा) — भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् ।

गत मंगलबारदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी  नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए । 'दैनिक एक दुईजना फर्किरहेका छन्,' उनले भने, 'आउने क्रम जारी छ, आएका विद्यार्थी आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।'

काँकरभिट्टा नाका हुँदै कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समीम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ फर्किएका हुन् ।

त्यस्तै, सप्तरीको राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेश साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल कलेजबाट फर्किएका छन् ।

सुनसरी इनरुवा–१ का २१ वर्षीय ओमप्रसाद पोदार, मोरङ विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, सप्तरी भारदह–२ का २२ वर्षीय केशव गोहिबार, काठामाडौँका २३ वर्षीय शुभम् केसी, मकवानपुर हेटौँडा–२ का २३ वर्षीय रिसभ झा र महोत्तरी जलेश्वर–१२ का १८ वर्षीया आरुसी सिंह फर्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रासस

Link copied successfully