रास्वपाको सचिवालय बैठक बस्दै

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

RSVP Secretariat meeting

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ । समसामयिक राजनीतिक र पार्टी गतिविधिका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

पार्टी केन्द्रीय कार्यायल, बनस्थलीमा बिहीबार दिउँसो २ बजेदेखि सुरु हुन लागेको पार्टी सचिवालय बैठकका एजेन्डाबारे बुर्लाकोटीले जानकारी दिएका छन्, 'समसामयीक र पार्टी गतिविधिबारे छलफल । नियमावली र कार्यविधिहरूबारे छलफल ।'

रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग नियमावली, र्‍याट नियमावली, सम्पर्क विभाग नियमावली, निर्वाचन आयोगको नियमावली, पालिका अधिवेशन कार्यविधिका विषयमा छलफल हुने बताइएको छ । 

त्यस्तै, सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे पनि सचिवालय बैठकमा छलफल हुने उल्लेख छ । यी विषयका अलवा अन्य पार्टी र राजनीतिक विषयमा छलफल हुने उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully