संघीय संसद्‌बाट अध्यायदेश पारित हुन्छ : एमाले सचिव भट्टराई

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Federal Parliament passes the chapter: UML Secretary Bhattarai

काठमाडौँ — नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उनले अध्यादेश पारित गर्न संघीय संसद्‌मा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे । उनले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुने बताए । उनले भने, 'राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौँ । र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न ।'

यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उनले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे। उनले भने, 'विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।' 

कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उनले बताए । उनले पछिल्लो समयमा अर्थतन्त्रमा सुधार भएको बताए । 

कान्तिपुर

Link copied successfully