कान्तिपुरको ३२औँ वार्षिकोत्सव : उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Kantipur's 32nd Anniversary: ​​Best Journalist and Staff Awarded

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्सको ३२औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पत्रकार र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा चार जना पत्रकार र चार जना कर्मचारीहरू रहेका छन् ।

काठमाडौँमा आयोजित विशेष समारोहका बीच कान्तिपुर पब्लिकेशन्स्‌का अध्यक्ष कैलाश सिरोहिया र निर्देशक स्वस्तिका स्वाँरले पत्रकार र कर्मचारीहरूलाई पुरस्कृत गरे । 

यो वर्षको 'कान्तिपुर जर्नलिस्ट अफ द इयर' बाट कान्तिपुर दैनिकतर्फ कुलचन्द्र न्यौपाने र काठमाडौँ पोष्टतर्फ संगम प्रसाई पुरस्कृत भएका छन् । लेआउट डिजाइनतर्फ नरेश राउत उत्कृष्ट  घोषित भए । यस्तै, काभ्रे जिल्ला संवाददाता ज्योति श्रेष्ठले 'रिजनल रिपोर्टर अफ द इयर' पुरस्कार पाइन् । 

Kantipur's 32nd Anniversary: ​​Best Journalist and Staff Awarded

कर्मचारीतर्फ कर्पोरेट म्यानेजर सिम्रन श्रेष्ठ 'कान्तिपुर चेयरपर्सन एक्सिलेन्स अवार्ड' बाट पुरस्कृत भइन् ।  त्यस्तै, मानव संशाधन विभागकी नेहा बज्राचार्य, आईटी विभागका मनीषकुमार देव र मार्केटिङ विभागका विनोद भट्ट उत्कृष्ट कर्मचारीकारुपमा पुरस्कृत भए । 

Kantipur's 32nd Anniversary: ​​Best Journalist and Staff Awarded

कान्तिपुर

Link copied successfully