भारतीय राष्ट्रपतिलाई राजदूत शर्माले बुझाए ओहदाको प्रमाणपत्र

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Ambassador Sharma presented the certificate of rank to the President of India

काठमाडौँ — भारतीय राष्ट्रपति दौपदी मुर्मुलाई नेपाली राजदूत शंकर शर्माले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त कार्यक्रममा नेपाली नियोगको उपप्रमुख र सैनिक सहचारीलगायतको उपस्थिति थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पुस ३ मा भारतका लागि राजदूत नियुक्त गरेका थिए । उनले पुस ८ मा पदको शपथ लिएका थिए ।   

कान्तिपुर

Link copied successfully