काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले मेडिसिटी अस्पतालमा उपचाररत एक विद्यार्थी साइमन तामाङको आइतबार मृत्यु भएको बताए ।
चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाई यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको थियो ।
दुर्घटनामा ४० जना घाइते भएको थिए । ३९ वर्षीय मनीष माझीले चलाएको बस साँखु आउँदै गर्दा दुर्घटना भएको हो ।
