अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पौडेल कीर्तिपुरमा

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

President Paudel in Kirtipur to understand the health condition of Finance Minister and Mayor of Pokhara

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पाैडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

राष्ट्रपति पाैडेल आइतबार बिहान साे अस्पताल पुगेर  मन्त्री पाैडेल र पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

राष्ट्रपति पाैडेललाई  स्वास्थ्यमन्त्री प्रदिप पाैडेल, स्वास्थ्य सचिव डा. राेशन पाेखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरण किशाेर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले अर्थमन्त्री पाैडेल र मेयर आचार्यकाे स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।

केहीबेर अघि सभामुख देवराज घिमिरे पनि कीर्तिपुर अस्पताल पुगेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । 

President Paudel in Kirtipur to understand the health condition of Finance Minister and Mayor of Pokhara

मन्त्री पाैडेल र मेयर आचार्य पाेखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगाे लागेर घाइते भई आइसीयूमा राखेर उपचार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully