काठमाडौँ — कलाकार जितु नेपालाई मातृशोक परेको छ । उनकी आमा योगमाया नेपालको भक्तपुर लोकन्थलीस्थित घरमा आइतबार बिहान निधन भएको हो ।
८९ वर्षीया योगमायालाई लामो समयदेखि दमको समस्या थियो ।योगमायाका ६ छोरा र एक छोरी छन् । जितु कान्छा छोरा हुन् ।
योगमायाको आइतबार पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा आफन्त, शुभचिन्तक तथा कलाकारहरू उपस्थित थिए ।
