कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पौडेल नियुक्त

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Poudel appointed as the director of Congress Policy, Research and Training Institute

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।

पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले विधानको धारा ३६ (घ) बमोजिम प्रतिष्ठानको प्रशिक्षणतर्फको निर्देशक पदमा पौडेललाई नियुक्त गरेका हुन् । 

कास्कीका नेता पौडेल हाल काठमाडौँमा रहेर पार्टीको प्रशिक्षण कार्यहरूमा सक्रिय थिए । यसअघि उनले पार्टीको शिक्षा विभागमा समेत सदस्य सचिव भएर काम गरेका थिए । 

त्यस्तै, उपसभापति खड्काले अनुसन्धानतर्फको निर्देशकमा चितवनका डा. सञ्जय महतो थारूलाई नियुक्त गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully