त्रिशूलीमा बेपत्ता भएका मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Divers mobilized to search for the missing motorcyclist in Trishuli

काठमाडौँ — चितवन जिल्लाको इच्छाकामना गाउँपालिका-५मा रहेको ३ नम्बर पुलबाट  फागुन शुक्रबार बिहान मोटरसाइकलसहित  त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आज बिहान करीब ११:४० बजेको समयमा दुर्घटना भएको थियो । 

दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन गरेर खोजीकार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

कान्तिपुर

Link copied successfully