काठमाडौंमा विद्यार्थी बोकेको बस दुर्घटना, २ को मृत्यु, कम्तीमा ४० जना घाइते [अपडेट]

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Bus carrying students crashes in Kathmandu, 2 dead, at least 40 injured [Update]

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार दुइटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।  

चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे ४ बजेतिर मोडबाट खसेको थियो । घाइतेमध्ये २० जनाको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पतालमा, ११ जनाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ । अन्य ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी बोहराले बताए । 

कान्तिपुर

Link copied successfully