काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना भएको छ । चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे ४ बजेतिर मोडबाट पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार दुइटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।
