स्वर्गद्वारी गुठीका मोही किसानलाई सरकारले वार्तामा बोलायो

तीन सदस्यीय वार्ता समिति गठन

माघ २९, २०८१

कान्तिपुर संवाददाता

The government invited Mohi farmers of Swargadwari Guthi to the talks

काठमाडौँ — सरकारले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानलाई वार्तामा बोलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गर्दै गुठीपीडित मोही किसानलाई वार्तामा बोलाएको हो ।   

'स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको नामबाट काठमाडौंको माइतीघरमा भइरहेको आन्दोलनप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक कारबाही अगाडि बढाइसकेको बेहोरा अनुरोध गर्दै,' मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न संघर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ ।' 

वार्ताका लागि मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले संघर्षरत पक्षबाट समेत आफ्नो आधिकारिक वार्ता टोली बनाई वार्तामा आउन आग्रह गरेको छ । 

The government invited Mohi farmers of Swargadwari Guthi to the talks

कान्तिपुर

Link copied successfully