सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गर्‍यो : अध्यक्ष दाहाल

माघ २९, २०८१

ज्योति कटुवाल

The government devalued the House by bringing an ordinance: Speaker Dahal

सुर्खेत — पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको बताएका छन् ।

प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यादेशका विधेयेक राष्ट्रिय सभामा गएर अड्किएको र त्यो कदापि पास नहुने बताए ।

‘सरकारले धेरै अहङ्कार नगरे हुन्छ,' उनले भने, ‘अहिलेको सरकारले आर्थिक रूपमा देशलाई पछाडि धकेल्ने काम गरिरहेको छ ।’

अहिलेको सरकार भ्रष्टहरूको सरकार भएको उनको आरोप छ । अहिलेको सरकारले देश जनताका पक्षमा काम गरेको छैन । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीचमा पार्टी एकताका कुरा भइरहेको उनको भनाइ छ ।

पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो । उनका अनुसार समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully