मन्त्री चौधरीलाई माओवादी सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Maoist MP's question to Minister Choudhary: Is the 047 constitution implemented or has it been amended?

काठमाडौँ — राष्ट्रिय सभामा माओवादीका सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले 'श्री ५ को सरकार' लेखेर कार्यसम्पादन फारममा हस्ताक्षर गरेकोबारे जवाफ मागेका छन् । 

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले मन्त्री चौधरीसँग जवाफ माग गरेका छन् । सांसद शर्माले युवा तथा खेलकुदमन्त्रीको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा 'श्री ५ को सरकार'ले प्रचलित कानूनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाए । 

‘युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्ने कुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो कि ? संशोधन भइसक्यो बुझ्न चाहन्छु,’ सांसद शर्माले सोधे । 

खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै  उनले प्रश्नसमेत गरे । 

Maoist MP's question to Minister Choudhary: Is the 047 constitution implemented or has it been amended?

मन्त्री चौधरीले हस्ताक्षर गरेको कार्यसम्पादन फारम

कान्तिपुर

Link copied successfully