अध्यादेशबारे उपेन्द्र यादव : हामीलाई मन्त्रालय चाहिएन, संसद्‍को कार्यसूचीमा आएपछि हाम्रो निर्णय आउँछ

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Upendra Yadav about the Ordinance: We do not need a ministry, our decision will come after it is on the agenda of the Parliament

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले संसद्‍बाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको बताएका हुन् । 

पार्टीले अध्यादेशबारे धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ । देश र जनताको हितमा आफूहरुको निर्णय हुने उनले बताए ।

‘हामीले कहाँ अड्काएका छौँ त ? सरकारले कार्यसूचीबाट आफैं फिर्ता लिन्छ । हामीले अड्कायो कसरी भयो । हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ । क्रिएटिभ रूपले हामी सोच्दैछौँ । देश र जनताको हितमा हामी अगाडि बढ्छौँ । सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ । हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो,’ उनले भने ।

उनले अहिले सरकारमा जाने अवस्थामा आफूहरू नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताए । 

कान्तिपुर

Link copied successfully